Logo
लग इन
साइन अप
Language (भाषा)
|

साफ महिला च्याम्पियनसिप २०२६: बंगलादेशसँग नेपाल २-१ ले पराजित, विमला बिकलाई गम्भीर चोट

२०८३ जेठ २१ विवेक तामाङ
Preeti Rai

काठमाडौं — साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत हिजो भएको रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको छ। खेलको सुरुवाती समयमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम मिनेटको कमजोरी र डिफेन्डर विमला बिकको गम्भीर चोट नेपालका लागि भारी पर्न गयो।

पहिलो हाफमा नेपालको पकड

नेपालले आक्रामक ४-३-३ को रणनीति मैदानमा उतारेको थियो, जबकि बंगलादेश ४-४-२ को फर्मेसनमा प्रस्तुत भएको थियो। प्रिती राईले सुरुवाती ११ मा स्थान बनाउँदै मध्यपंक्ति सम्हालेकी थिइन्। आधिकारिक टोली सूची अनुसार कप्तान एन्जिला तुम्बापो सुब्बा, गीता राना, र रेखा पौडेलसहितको बलियो सेट मैदानमा ओर्लिएको थियो।

पहिलो ४५ मिनेटमा नेपाल पूर्ण नियन्त्रणमा देखियो। टोलीले खुला र सुन्दर फुटबल खेलिरहेको थियो। पहिलो हाफमा बंगलादेशले नेपालको पोस्टमा कुनै गम्भीर आक्रमण गर्न सकेन। ४४ औं मिनेटमा सरु लिम्बुको फलका कारण बंगलादेशले एउटा फ्रिकिकको अवसर पाए पनि त्यसले कुनै खतरा सिर्जना गरेन।

खेलको २१ औं मिनेटमा दीपा शाहीले उत्कृष्ट कर्नर प्रहार गरेकी थिइन्, जसलाई २३ औं मिनेटमा गीता रानाले उत्कृष्ट ढङ्गले लफ्ट गर्दै गोलमा परिणत गरिन् र नेपाललाई सुरुवाती अग्रता दिलाइन्। ४६ औं मिनेटमा बंगलादेशकी रितु पोर्नाले कर्नरबाट सिधै गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याइन्।

दोस्रो हाफमा बंगलादेशको पूनरागमन

बराबरी गोलपछि बंगलादेश निकै संगठित र आक्रामक रूपमा प्रस्तुत भयो। उनीहरूले दोस्रो गोलका लागि नेपाली टोलीमाथि कडा दबाब (हाई प्रेसिङ) सिर्जना गरे। खेलमा परिवर्तन ल्याउन नेपालले ६५ औं मिनेटमा रेखा पौडेलको स्थानमा मीना देउवालाई मैदान प्रवेश गराएको थियो। नेपालले खेलभरि कुल १४ शट प्रहार गरे पनि अग्रता लिन सकेन।

अन्तिम मिनेटको संकट र दुर्घटना

खेलको इन्जुरी समय अर्थात् ९३ औं मिनेटमा नेपालले ठूलो धक्का बेहोर्यो। हावामा आएको बल क्लियर गर्ने क्रममा डिफेन्डर समिक्षा घिमिरे र विमला बीच तालमेल मिल्न सकेन र उनीहरू आपसमा ठोक्किन पुगे। सोही गल्तीको फाइदा उठाउँदै बंगलादेशकी सागरिका एम. ले सहजै ट्याप-इन गोल गर्दै बंगलादेशलाई २-१ को जित दिलाइन्।

बल क्लियर गर्ने क्रममा टाउको ठोक्किँदा विमला बिक गम्भीर रूपमा घाइते भइन्। उनको नाकको एउटा हड्डी भाँच्चिएको र नाकको भित्री मार्ग (nasal passage) मा फ्र्याक्चर भएको छ। चिकित्सकहरूका अनुसार उनको उपचारका लागि शल्यक्रिया (सर्जरी) गर्नु पर्ने भएको छ।

नेपालले ५३% बल पसेसन राखेर खेल नियन्त्रणमा राखे पनि अन्तिम समयको रक्षात्मक त्रुटिले गर्दा हार स्विकार्नु पर्यो।

Official Match Statistics (Full Time)

Match Stats Bangladesh Nepal
Ball Possession % 47% 53%
Attempts 10 14
Shots on Target 6 7
Corners 7 6

म्यान अफ द म्याच

म्यान अफ द म्याचको अवार्ड ऋतु पोर्नालाई प्रदान गरियो।

rashmi ghising was named man of the match for nepal vs srilanka 2026 saff womesn championship
Share
साफ महिला च्याम्पियनसिप २०८३ एन्फा नेसन्स लिग २०८३ समाचार अभिलेख खेल तालिका पात्रो सम्पर्क लग इन साइन अप
फुटबलको खबर
साफ महिला च्याम्पियनसिप २०८३ एन्फा नेसन्स लिग २०८३ युवा विकास कार्यक्रम राष्ट्रिय टिम
हाम्रो समुदाय
खेल तालिका पात्रो ग्यालरी समाचार अभिलेख
संस्था
हाम्रो परिचय हाम्रो टिम अवसर सम्पर्क
nepalifootballstories facebook nepalifootballstories youtube nepalifootballstories tiktok nepalifootballstories instagram