Logo
लग इन
साइन अप
Language (भाषा)
|

श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, रश्मी र रेनुका चम्किए

२०८३ जेठ १७ विवेक तामाङ
Preeti Rai

काठमाडौँ – साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत समूह २ को खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले श्रीलंकालाई २–० ले पराजित गर्दै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ।

भुटानविरुद्धको अघिल्लो खेलमा ४-४-२ को रणनीति अपनाएको नेपालका लागि प्रशिक्षक न्यौपानेले हिजोको खेलमा रणनीतिक परिवर्तन गर्दै टोलीलाई ४-३-३ को फर्मेसन मा मैदान उतारेका थिए। सुरुवाती ११ मा गरिएको यो परिवर्तन र नयाँ रणनीति पूर्ण रूपमा सफल देखियो। नेपालले खेलभर ७०% बल पोजेसन राख्दै श्रीलंकालाई दबाबमा राख्यो र विपक्षी विरुद्ध २३ वटा प्रहार गर्दा श्रीलंकाले भने एउटा पनि सट प्रहार गर्न सकेन।

पहिलो हाफको अतिरिक्त समयमा (४५+३' मिनेट) रश्मी कुमारी घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन्। खेलभर उत्कृष्ट प्रदर्शन गरेकी रश्मी हिजोको खेलको 'प्लेयर अफ दि म्याच' (Man of the Match) घोषित भइन्।

दोस्रो हाफमा नेपालले आफ्नो अग्रतालाई दोब्बर बनायो। खेलको ६२ औँ मिनेटमा रेनुका नगरकोटीले उत्कृष्ट गोल गर्दै नेपालको जित २–० ले सुनिश्चित गरिन्। यस जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिन सफल भएको छ।

म्यान अफ द म्याच

रश्मी कुमारी घिसिङ 'म्यान अफ द म्याच' घोषित भइन्।

rashmi kumari ghishing was named man of the match for nepal vs bhutan 2026 saff womesn championship
Share
साफ महिला च्याम्पियनसिप २०८३ एन्फा नेसन्स लिग २०८३ समाचार अभिलेख खेल तालिका पात्रो सम्पर्क लग इन साइन अप
फुटबलको खबर
साफ महिला च्याम्पियनसिप २०८३ एन्फा नेसन्स लिग २०८३ युवा विकास कार्यक्रम राष्ट्रिय टिम
हाम्रो समुदाय
खेल तालिका पात्रो ग्यालरी समाचार अभिलेख
संस्था
हाम्रो परिचय हाम्रो टिम अवसर सम्पर्क
nepalifootballstories facebook nepalifootballstories youtube nepalifootballstories tiktok nepalifootballstories instagram